|

काठमाडौं :  नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ गते विहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरियो।

गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्कृतिका क्षेत्रमा नेपाल विश्वकै धनी देश भएको उल्लेख गरे। उनले विविध जातजाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालका मौलिक संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्नु अपरिहार्य भएको बताए।

कुलपति उप्रेतीले बोलीचाली, खानपान, भेषभुषा, रहनसहन र विविध जातीय संस्कारजस्ता कुराहरू नै संस्कृति भएको विचार व्यक्त गर्दै तिनको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण समाजले गरिआएका कार्यहरूको उच्च प्रशंसा गरे। उनले भने– “नेपालका नारीहरूले लगाउने मौलिक पहिरन गुन्युचोलीमा केन्द्रित रहेर आयोजना गरिएको आजको गोठी प्रशंसनीय छ। यसले सांस्कृतिक पहिचानको संरक्षण गर्न थप ऊर्जा सञ्चार गरेको छ।”

प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागका प्रमुख उपकुलपति डा.जगमान गुरुङले सभाध्यक्षको आसनबाट बोल्दै नेपालको राष्ट्रिय समपरिधान गुन्युचोलीसम्बन्धी आयोजना गरिएको कार्यक्रमले गुन्युचोलीको महत्त्व र गरिमामाथि थप प्रस्ट पार्न सहयोग पु¥याएको बताए। उनले नेपाली महिलाहरूको मौलिक र परम्परागत पोसाक गुन्युचोलीको महत्त्व र प्रयोगका बारेमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए।

गोष्ठीमा बोल्दै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कुनै पनि देश संस्कृतिविहीन छ भने त्यस देशको सही समृद्धि हुन नसक्ने बताउनुभयो। उहाँले नेपाली समाजमा छोरीलाई गुन्युचोली दिने संस्कृति साडीचोलो लगाउने संस्कृतिको पूर्वाभ्यास भएको विचार व्यक्त गरे।

उनले आगामी दिनमा नेपाली मौलिक पोसाक दौरासुरुवालका विषयमा पनि विचार–गोष्ठीको आयोजना गरिने जानकारी गराए। 

नेपाल संस्कृति संरक्षण समाजकी अध्यक्ष लक्ष्मी ओझा भद्राले कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सहप्रायापक डा.लोकनाथ दुलालले ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए।

दुलालको गोष्ठीपत्रमाथि प्रा.डा. मदनकुमार रिमाल र प्रा.डा. सावित्री मल्ल कक्षपतिले टिप्पणी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.