|

काठमाडाैं : सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गरेको छ।

आज काठमाडाैंमा सम्पादक समाज नेपालले आयाेजना गरेकाे गोविन्द वियोगी पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँ र विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक नेपालले पाएका हुन्।

समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा याे पुरस्कार काेष स्थापना गरिएको हाे।

पुरस्कारको राशि २५ हजार एक र १५ हजार एक रूपैयाँ रहेको छ।

यस्तै सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के सुन्दर र पुरुषोत्तम दाहालले प्राप्त गरेका छन्।

कार्यक्रममा शिवपुरी–७ सूर्य चौरमा निर्माण भएको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको उद्घाटन र वियोगीको शालिक पनि अनावरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.