|

गुल्मीः गुल्मी दरबार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन्।

नेकपा एमालेका कृष्ण भुसाललाई हराउँदै थापा  अध्यक्षमा निर्वाचित भएका हुन्।

थापाले ६ हजार १६६ ल्याउँदा एमालेका भुसालले ५ हजार ६०२ मत मात्र ल्याए। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा निर्वाचित भएकी छिन्। उनले जम्मा ५ हजार ५८९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

गाउँपालिकामा रहेका ७ वडा मध्ये ४ वटा वडामा कांग्रेसले जितेकाे छ भने ३ वटामा एमालले जित निकालेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.