|

सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेदवार विजयी भएसँगै सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको छ।
बसबरियाको अध्यक्षमा जसपाका रामसिंहासन राय चार हजार ९४६ मत सहित विजयी भएका छन्। रायका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या यादवले दुई हजार ८७१ मत मात्रै प्राप्त गरे। पराजित रामअयोेध्या बसबरियाका निवर्तमान गापा अध्यक्ष हुन्।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारी चार हजार ७९५ मत सहित विजयी भइन्। अधिकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले तीन हजार २३३ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.