|

काठमाडौँ : स्थानीय तहको निर्वाचनअन्तर्गत ७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले हालसम्म ७५३ मध्य] ७१५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। 

प्राप्त विवरणअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। उसले प्रमुख १२८ र १०१ उपप्रमुखमा तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १८९ जितेको छ। ०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९३ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। 

एमालेले ७२ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। नेकपा माओवादी केन्द्र पहिलेभन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ। 

अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ५८ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्। बाँकी ३८ तहमध्ये एमाले १३, कांग्रेस ११ माओवादी र एकीकृत समाजवादी २ –२ स्थानमा र अन्यले ८ स्थानमा अग्रता कायम राखेका छन्।

मतदानपछिको विवादका कारण बाजुराका बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भने सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.