काठमाडौं : सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने निर्णय उल्ट्याएको छ। अदालतले आफ्नै निर्णय उल्ट्याएपछि पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर भएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कोइरालाको कैद मिनाहाको निर्णय उल्टाएको हो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो।
काठमाडौं जिल्ला अदालतले पूर्व डिआइजी कोइरालाविरुद्ध पत्नी मारेर प्रमाण लुकाउन उनको शव जलाएको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उनी जिल्लाको फैसलाविरुद्ध ललितपुर पुनरावेदन अदालत गएका थिए।
तर पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेपछि उनले सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले २०७७ असार १५ मा उनको कैद सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।