|
प्रतीकात्मक तस्विर

चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।

चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। 

गत वर्ष यो केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो। यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ। अझै १५ हजार सेट पुस्तक माग भएको उनले बताए। थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग मगाएर यही महिनाभित्र पुस्तक विद्यार्थीको हातमा पुर्‍याउने उनले जानकारी दिए।

यहाँबाट वितरण हुने जिल्लामा १६५ पुस्तक पसल दर्ता भएर पुस्तक बिक्री वितरणका लागि लगेका छन्। टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लग्ने गरेको उनले बताए। जिल्लामा ३२५ सामुदायिक विद्यालय छन्। तिनमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत छन्।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तक अभाव हुन नदिन लागि जनक शिक्षालाई अनुरोध गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.