|
फाइल फोटो

काठमाडौं : देशको अधिकांश भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको जनाएको छ। त्यसैको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।

हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भई प्रदेश १ को केही स्थानमा हल्का वर्षा भइरहेको छ। विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

शनिबार प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११.० डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.