|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेको लागि बैठक बोलाइएको नेता लीलामणि पोखरेलले बताए। 

स्थानीय निर्वाचनपछिको समीक्षा, प्रदेश र संघको निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएको हो। 

माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। यसअघि शुक्रबार बोलाइएको केन्द्रिय समितीको बैठक स्थगित भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.