|

काठमाडौं : रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको परिचय खुलेको छ।

दुर्घटनामा मृत्यु भएका तिलोत्तमा नगरपालिका-८ की ३६ वर्षीया तुलसी बस्यालको पहिचान खुलेसँगै ६ जनाको सनाखत भएको डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए।

दुर्घटनामा परि अन्य मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-२ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका-११ कालिका नगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका छन्। अन्य ३ जनाको पहिचान खुल्न बाँकी रहेको डिएसपी पौडेलले बताए।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्। ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको डिएसपी पौडेलले बताए।

घाइतेमध्ये ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ। बसमा चालक सहित ३३ जना सवार रहेका थिए। जनकपुरबाट भैरहवा जाँदै आज बिहान पौने ५ बजे लु २ ख ३८४१ नम्बरको रात्रिकालीन यात्रुबाहक बस भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट खोलामा खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.