|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन। उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतवार बिहान पौने पाँचबजे रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका(४ मा पर्ने रोहिणी नदीमा रहेको पुलबाट खसेको थियो। बसमा रहेका ३३ यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो। मृतकमध्ये ६ जनाको सनाखत भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.