|

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौंं जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्यांकरले सोमबार ठक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार ट्यांकरको ठक्करले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापा गम्भीर घाइते भएका थिए। गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न ट्यांकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिएको छ। यससँगै अनुसन्धान अघि बढाएको पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.