|

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ। लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।  

शुक्रबार बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडक खण्ड मकालु–३ को सम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए। सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ।

संखुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताए। अवरुद्ध सडकको पहिरो हटाउन चारसम्म दिन लाग्ने सडक कार्यालयका प्रमुख रजकले बताए। 

सडक खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्।

पहिरोले भोटखोला जाने सडक वेला वेला अवरुद्ध हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.