|
फाइल तस्वीर

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गरेको छ।

आज अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकालेर जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार आयल निगम र सम्बन्धित निकायसँग माग गरेका छन्।

जनतालाई राहत दिनुको सट्टा पटक पटक मूल्यवृद्धि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको अखिल क्रान्तिकारीको आरोप छ। साथै अहिलेको सरकार दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढेकोप्रति गैरजिम्मेवार बनेको भन्दै अखिल क्रान्तिकारीले सरकारले माफियाहरूको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको आरोप लगाएको छ।

सरकारले हप्तैपिच्छे निरन्तर इन्धनको मूल्य बढाउँदा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि बढेको भन्दै सर्वसाधारण नेपाली जनतालाई आफ्नो जीवन धान्नै मुस्किल बन्दै गएको विज्ञप्तिमा उल्लेख छ।

अखिल क्रान्तिकारीले विद्यमान बेथिति, भ्रष्टाचार, महँगी लगायत वर्तमान संसदीय व्यवस्थाविरुद्ध समेत सशक्त रूपमा संघर्षको मैदान उत्रन सबैलाई अनुरोध गरेको छ।
सरकारले गतरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले बढाएर १७८ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.