|
कोलकातास्थित बंगलादेशी उच्चायोग।

कोलकाता : भारतको पश्चिम बंगालको राजधानी कोलकातामा रहेको बंगलादेशको उच्चायोग बाहिर गोली चल्दा दुईजनाको मृत्यु भएको छ। गोली लागेर एक सुरक्षाकर्मी र एक महिलाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीका अनुसार उच्चायोग बाहिर सुरक्षाकर्मीले फायरिङ गरेका थिए। सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहार हुँदा मोटरसाइकलमा आएका एकजना भने बाँच्न सफल भए।

त्यसपछि सुरक्षाकर्मीले प्रहार गरेको गोली स्कुटीमा सवार एकजना महिलालाई लाग्यो। गोली लाग्नासाथ ती महिलाको घटनास्थलमै मृत्यु भयो। लगत्तै ती सुरक्षाकर्मीले आफूलाई पनि गोली हाने। 

बंगलादेशी उच्चायोग बाहिर भएको घटनापछि उक्त क्षेत्रमा त्रासको वातावरण रहेको छ। यता घटनाको कारण पत्ता लगाउन प्रहरीले सीसीटिभी जाँच गरिरहेको छ।

घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.