|

बैतडी : बैतडीमा चारदिनका लागि विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि  असार १० गते सम्म चार दिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको हो।

विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो। उनले भने, 'जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो। मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत सेवा अवरुद्ध हुन्छ।'

सवस्टेशन पुरानो हुँदा बेला बेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको र अब त्यस्ताे नहोस भन्नका लागि सवस्टेशन नयाँ राख्ने प्रक्रिया शुरु भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।

सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुनेछ। यद्यपि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारु गर्न उपाय खोजिराखेको भट्टले बताए।

उनले भने, 'सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर काम शुरु भएपछि मात्रै यो कुरा थाहा हुन्छ।'

विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.