काठमाडौं : न्यायाधीशसँगको घुस डिल गरेको अडियो सार्वजनिक भएको आरोप लागेपछि अधिवक्ता रुद्र पोखरेलले अडियो छानबिन गर्न माग गरेका छन्।
फेसबुकमा लेख्दै पोखरेलले यो फोन वार्तामा आफू संलग्न नभएको जिकिर पनि गरेका छन्।
उनले नेपाल बार एशोसिएसन र बार काउन्सिलबाट हुने छानबिनमा उचित र पर्याप्त सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
‘हाललाई म नेपाल बार एशोसिएशनको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु', उनले लेखेका छन्, 'कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु।'
![]() | यस्तो छ न्यायाधीश र वकिलको 'घुस डिल', न्यायपरिषद बैठक जारी |
उनले आफूमाथि षड्यन्त्र भएको र कानुनी उपचारको खोजीमा रहेको पनि उल्लेख गरेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो मंगलबार सार्वजनिक भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।