|

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सेनालाई देशमा पुनः शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएका छन्। 

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले सेनालाई यस्तो निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको बताए। श्रीलंका अहिले गम्भीर आर्थिक र राजनीतिक संकटमा छ। 

प्रधानमन्त्रीको निर्देशनपछि त्यहाँको सेनाले जनतालाई शान्त रहन अपिल गरेको छ। प्रदर्शनकारीले हिजो प्रधानमन्त्री कार्यालय आफ्नो नियन्त्रणमा लिएका थिए। यस क्रममा श्रीलंकाली सेनाले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नबाट रोक्न कुनै गम्भीर प्रयास गरेन।

देशका संकट चुलिदै गर्दा राष्ट्रपति गोटाबाया राजापाक्षे हिजो बिहान देश छोडेर माल्दिभ्स गएका छन्। राजापाक्षे माल्दिभ्सबाट अब सिङ्गापुर जाने बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.