|

काठमाडौं : बितेको २४ घन्टामा देशभर २ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्याको विवरणअनुसार ३ हजार ९० जना गरिएको परीक्षणमा २ सय ५ जनामा संक्रमण देखिएको हो। 

आज ५१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा ८५० जना, भक्तपुरमा २६ र ललितपुरमा ९२ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर हाल १७ जना संक्रमित आइसियु र १ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.