|

सुर्खेत :  जाजरकोटको कुशे गाउँपालिकाले आगामी असोजदेखि मदिरामा प्रतिबन्ध लगाउने भएको छ।

गाउँपालिका कार्यपालिकाको बैठकले असोज १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागेको जानकारी दिएको हो। 

प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले असोज १ देखि सबै खालका मदिरा ल्याउन र उत्पादन गर्न प्रतिबन्ध लगाएको जानकारी दिए। यही साउन १ देखि लागू हुनेगरी घरेलु तथा बाहिरबाट मदिरा आयातमा प्रतिबन्ध लागिसकेको छ।
 
मदिरा सेवनबाट आपराधिक घटना बढिरहेको भन्दै यस्तो निर्णय लिनु परेको गाउँपालिकाले जनाएको छ। यता व्यापारले भने मदिरा निषेध गर्ने कुशे गाउँपालिकाको निर्णयप्रति अचम्ममा परेको बताएका छन्। ‘कानून अनुसार सबै प्रक्रिया पुूरा गरी राखिएका पसल कसरी बन्द गर्ने?’, एक व्पारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.