|

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ।

मिति २०७९।०४।०४ गते काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याब्सन र हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने गराउने सहमति भएको थियो।

सोही अनुरूप आज विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको ट्राफिक प्रहरीले जनाएकाे छ।

यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कुल बसहरूलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.