|

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। 

वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तिमसम्म टिक्न सकेनन्। प्रमुख प्रतिपक्षी एमालेको संशोधन बहुमतले अस्वीकृत भयो। तर प्रतिनिधिसभाको बैठकमा संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दा बहुमतले अूस्वीकृत भए पनि केही संशोधनलाई अंगिकार गरेको पाइएको छ । 

संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ। विधेयकमा मूल ऐनको दफा (८) पछि (८ क.) थपेर पहिचान सहितको नागरिकता दिने व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने व्यवस्था पनि विधेयकमा गरिएको छ।

नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नु पर्ने साथै नेपाली नागरिकताको प्रमाणपत्रमा ‘तोकिए बमोजिम’ लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्था गरिएको छ। 

सरकारले संसद्मा दर्ता गरेको विधेयकमा लैङ्गिक पहिचान सहितको नागरिकताको व्यवस्था थिएन। ४५ सांसदले दर्ता गरेका ३१ संशोधनमध्ये प्रतिनिधि सभाबाट लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्थासहितको विधेयक पारित भएको हो।

जुन विधेयक बिहीबार राष्ट्रियसभाबाट पारित भएको छ। अब राष्ट्रपतिबाट प्रमाणीकरण भइ राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.