|

हेटौँडा : अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भन्दै हेटौँडा अस्पताल घेराउ गरेका गरिएको छ। अस्पतालको चिकित्सकहरुको लापरवाहीले गर्दा करेन्ट लागेर घाइते भएका हेटौँडा ९ का १२ वर्षीय सुमन लामाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन्।

बालकको एक आफन्तका अनुसार दिउँसो करिब २ : ३० बजेतिर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि आफन्तहरुले ३ बजे अस्पताल ल्याएका थिए।

अस्पताल ल्याएको केहीबेरमा नै उपचारमा खटिएका चिकित्सकहरुले बालकलाई मृत घोषणा गरेका थिए। अस्पतालले पोष्टमार्टमकाे तयारी गरिसकेको भएपनि आफन्तले बालकको बुबालाई पर्खेर बसेको उनले बताए। बालकको बुबा नारायणगढबाट आउँदै थिए। सोहीक्रममा बालकको एकजना महिला आफन्तले उनको हात गोडा मुसार्दा तातो नै रहेको बताएपछि सबैले मृत घोषणा गरिसकेको बालकको हातखुट्टा मुसारेका थिए।

उनले हातखुट्टा मुसार्न थालेपछि साँझ करिब ६ बजेतिर बालकले दुवै आँखाबाट आँशु झारेको बताए। ‘हामीले हातखुट्टा मुसार्न थालेपछि उसले आँखाबाट आँसु झारेको थियो’, उनले भने, ‘त्यसपछि हामीले बच्चा जिउँदै छ भन्दै डाक्टरलाई बोलायौँ तर उ बाँच्न सकेन। अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको लामो समयसम्म पनि उसको चेत रहेछ।

चिकित्सकको लापरवाहीले गर्दा उसको मृत्यु भएको हो’, उनले भने। यतिबेला उनीहरुले अस्पताल घेराउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। उनले घटनाको बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.