|

काठमाडौं : नेपाली सेनाले चित्तलको मासुसहित ८ जना शिकारीलाई नियन्त्रणमा लिएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आज सुनसरीको श्रीलंका टापुमा एक व्यक्तिलाई चित्तलको मासुसहित नियन्त्रणमा लिएको हाे।

पक्राउ परेका उनलाई सोधपुछका क्रममा अन्य ७ जना पनि पक्राउ परेका नेपाली सेनाले जनाएको छ।

उनीहरुको साथबाट जंगली जनावरको ६३ केजी मासु, भरुवा बन्दुक २ नाल, टिका बारुद १ प्याकेट, खुँडा/खुकुरी ५ वटा लगायतका हतियारहरू बरामद भएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन्यजन्तु आरक्षकाे कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.