|

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। 

दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ। 

जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। 

यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध भएका तीन खेलमा १०, ९ र ८ विकेटको जित निकालेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.