|

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार राति केन्या प्रस्थान गर्दै छ। नयाँ प्रशिक्षकको रुपमा मनोज प्रभाकरले पहिलो पटक औपचारिक रुपमा टिममा डेब्यु गर्ने छन्।

नेपालले केन्यासँग ५ टी २० अन्तरराष्ट्रिय सिरिज र ३ एक दिवसीय सिरिज खेल्ने छ।

प्रतियोगितामा सहभागी हुने टिमलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र अन्य पदाधिकारीले बिदाइ गरेका थिए।

बिदाई अघि छोटो सम्बोधन गर्दै प्रभाकरले खेलाडीले जति छिटो आफूलाई सुधार्‍याे त्यति नै छिटो नेपाली क्रिकेटले प्रगति गर्ने बताए। उनले भने, 'छोटो तयारीले सबै कुरा बुझ्ने अवसर पाएको छैन। यद्यपि हामी यो भ्रमणलाई उपलब्धिमूलक बनाउन हरसम्भव प्रयास गर्ने छौँ।'

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले प्रशिक्षकका लागि पहिलो खेल भएको र सम्पूर्ण खेलाडीहरु नयाँ उत्साहका साथमा मैदानमा उत्रिएर पुन: एकपटक नेपाली क्रिकेटलाई माथि पुर्‍याउन सक्दो योगदान गर्ने बताए। उनले भने, 'हामी सबैजना यो भ्रमणका लागि उत्साही छौँ। सबैजना यो प्रतियोगितालाई अपेक्षा अनुसार नै सफल बनाउन लाग्ने छौँ।'

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई बिदाइ गर्दै नेपालभन्दा तल्लो स्तरको टिम भएपनि वर्षाको समय र विश्वकपले गर्दा अन्य राष्ट्रसँग प्रयास जारी राखेको केन्यासँग अभ्यास गर्न लागेको बताए।

उनले २०२४ को विश्वकपमा सोझै स्थान बनाउने अवसर रहेको भन्दै नेपाली टिम सोही लक्ष्यका साथ अघि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.