|

काठमाडौं : लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो जित निकालेको छ।

सोमबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले पहिलो जित निकालेको हो।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस राषफोर्डले एक एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ५३ औं मिनेटमा राषफोर्डले गोल गर्दै टिमको अग्रता २–० को बनाए।

त्यसपछि खेलको ८१ औं मिनेटमा सलाहले एक गोल गरेपनि युनाइटेड २–१ ले विजयी भयो। जितसँगै युनाइटेडले ३ खेलमा ३ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.