|

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। 

सवारी साधन निकै कम चलेका छन् भने शिक्षण संस्थाहरु बन्द भएका छन्। काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ। आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी कम चले पनि निजी गाडीहरु चलिरहेका छन्। काठमाडौं उपत्यकासहित देशभर शहरका मुख्य चोकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएपनि ठाउँ ठाउँमा सवारी साधन तोडफोड र आगजनी भएका छन्।  बन्द गराउन सडकमा निस्किएका २० जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। 
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले बन्दको आह्वान गरेका हुन्। 

उनीहरुले विप्लव नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन, एमसिसीसहितका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने र महँगी नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.