|

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। 

युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। 

सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।

भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ।  पछिल्लो पटक २०२१ को टी(ट्वान्टी विश्वकपमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। जसमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।

प्रतियोगितामा ६ टोली सहभागी छन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ए मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन्। समूह बी मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका रहेका छन्।

शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा अफगास्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.