|
फाइल तस्बिर

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो आह्वान विपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी दिएको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले आजदेखि एक साता सामुदायिक विद्यालय बन्द आह्वान गर्दै नगर्ने विद्यालयलाई यस्तो चेतावनी दिएका हुन्।

‘धेरैजसो साथीहरूबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा प्रअहरूबाट असहयोग भएको जानकारी आएको छ’, उनले भने,‘यदि कुनै अप्रिय घटना भए सोको जिम्मेवार सम्बन्धित प्रअ हुने कुरा जानकारी गराउँदछु।’

​परिषद्,कर्मचारी यतिखेर विभिन्न माग लिएर देशभर आन्दोलन गरिरहेका छन्। उनीहुरुले आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन्।

यो आन्दोलनका कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै जिल्ला बाहिरका केही स्थानीय तहका विद्यालयले बन्दको घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.