|
फाइल तस्वीर

काठमाडौं : काठमाडौं महानगरपालिकाको आठौं नगर कार्यपालिकाको बैठकमा कानुनी सल्लाहकार नियुक्ति, ३२ सै वडामा डाक्टर राख्ने प्रस्ताव पेश गरिएको छ। आइतबार बसेको बैठकमा मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।

महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ। सरकारले कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ। महानगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्‍याउने भएको छ।

मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए।

महानगरपालिकाका वडाहरूमा हुने विकास निर्माणको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन्।

फुटपाथ तथा पार्किङ व्यवस्थापनका गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थपलगायतका विषय बैठकमा पेश गरिएको थियो। यसअघि दैनिक ३ सय रूपैयाँ दिँदै आएकोमा सो रकम न्यून भएको भन्दै ५ सय दिने प्रस्ताव गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.