|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक शुक्रबार बस्दैछ। कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डले अपरान्ह ५ बजे बोर्ड बैठक बोलाएको हो।

बोर्ड बैठक बोलाइए पनि नतिजा सार्वजनिक हुने नहुने भन्नेबारे यकिन भन्न सकिने अवस्था नरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए।

अर्यालले थाहाखबरसँग भने, 'कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ। टेक्निकल काम हुँदै छ। आज चाहिँ प्रकाशित गर्ने नगर्ने त्यही बैठकले निर्क्यौल गर्छ। तर अब छिट्टै नतिजा प्रकाशित हुन्छ।'

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.