|

श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षले विदेश भ्रमणको अनुमति पाएका छन्। सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि उनलाई विदेश भ्रमणको अनुमति दिएको हो।

राजापाक्षेका वकिलले उनलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्रा गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यसअघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो। वर्तमान सरकारले जारी आर्थिक संकटका लागि जिम्मेवार सबै व्यक्तिविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो। 

यसैबीच श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष शुक्रबार स्वदेश फर्किएका छन्। उनी करिब सात हप्तापछि स्वदेश फर्किएका हुन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा राजपाक्षलाई मन्त्री र राजनीतिज्ञले स्वागत गरेका थिए। आर्थिक संकटका कारण प्रदर्शन चर्किएइपछि जुलाईमा उनी देश छाडेर भागेका थिए । राजापाक्ष माल्दिभ्स हुँदै सिंगापुर गएका थिए । उनले सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.