|

धनगढी : कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ।

घोडाघोडी नगरपालिका-१ सुखडमा डेउडा हेर्न गएकी १५ वर्षीया बलात्कृत भएकी हुन्। भदौ २१ गते मंगलबार राति ४ जना युवकले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्।

काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ। ‘सानो काम छ भनेर एक युवकले लिएर गए। त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाहीले भने, ‘त्यसपछि बालिकामाथि बलात्कारको भएछ।’

सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले उक्त घटनामा ३ जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्। फरार भएकाको प्रहरीले खोजी गरिरहेको छ। किशोरीलाई स्वास्थ्य परीक्षणका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.