|

भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। आगलागीमा ७ जना घाइते भएका छन्।

सोमबार राति भएको आगलागीमा घाइते भएकालाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

दुईवटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन्।

आगलागीको कारण खुलेको छैन। स्थानीय वारूणयन्त्रका एकजना अधिकारीले ८ वटा शव होटलबाट निकालेको र ७ जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन्।

होटलको सबैतिर मानिस भए नभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.