|

श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रूखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ।  हुरीसँगै शनिबार साँझ आएको बर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिए।

केन्द्रका निर्देशक कोडिपिलीले प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएको सञ्चारमाध्यमलाई बताए।

हुरीका कारण ढलेका रूख र भाँचिएका रूखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उनले बताए।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ।

पश्चिमी, सबारागामुवा, मध्य, उत्तर–पश्चिम र दक्षिणी प्रान्तका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा हुनेछ । सबारागामुवा प्रान्त र नुवारा–इलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.