|

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ भएको खेलमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले निरन्तर गोल यात्रा जारी राखेपछि सिटीले १० खेलाडीमा समेटिएको वल्भेसमाथि ३-० को जित निकाल्यो।

सिटीले वल्भेसको घरेलु मैदानमा पहिलो मिनेटमै अग्रता लिएको थियो। ज्याक गार्लिसले केभिन डि ब्रुयनेको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए लगत्तै हालान्डले अग्रता दोब्बर बनाएका थिए। उनले १६ औं मिनेटमा प्रिमियर लिगमा आफ्नो ११ औं गोल गरे। जारी सिजन हालान्डले ९ खेलबाट १४ गोल पुर्‍याएका छन्।

सिटीविरुद्ध घरेलु मैदानमा वल्भेसले पनि गोलका केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन्। सिटीले दोस्रो हाफमा थप १ गोल गर्दै आफ्नो सहज जित पक्का गर्‍यो। फिल फोडेनले ६९ औँ मिनेटमा डि ब्रुयनेको क्रसलाई सदुपयोग गर्दा सिटी प्रिमियर लगमा शीर्ष स्थानमा फर्कियो।

प्रिमियर लिगमा ७ खेलको समाप्तिमा सिटीले १७ अंक बनाएको हो। एक खेल कम खेलेको आर्सनलको १५ अंक रहेको छ। १४ अंकका साथमा टोटेनह्याम तेस्रो र ब्राइटन १३ अंकका साथ चौथो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.