|

काठमाडौं : सत्तारुढ दल कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो।

बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। 

आजको बैठकले सहमहामन्त्रीहरूले क्लस्टरिङ गरेका नामबाट अन्तिम सूची बनाउने बताइएको छ। कांग्रेसले आठजना सहमहामन्त्रीहरूलाई कस्टरिङ अनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो।

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन्।  निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.