|

इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित निकालेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।

बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। जितसँगै बागमतीले ३ अंक जोडेको छ। यसअघि पहिलो खेलमा बागमतीले विभागीय टोलीविरुद्ध ८–४३ अन्तरको हार व्यहोर्दै ३ अंक सुम्पिएको थियो।

लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.