|

जुम्ला : जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ भने अझै ६ जना बेपत्ता छन्।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्किँदा आठ जनाको मृत्यु भएको हो। ‘गुठीचौर र हिमा गाउँपालिका एक÷एक जनाको मृत्यु भएको छ’, उनले भने, ‘हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन्।’

एक सातादेखिको वर्षा र बाढीपहिरोका कारण सदरमुकाम खलंगा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घरमा पूर्णरूपमा क्षति पुगेको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ। ‘अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्यांक संकलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेका छौँ।’ 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाका कारण कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ । सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ। 

स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागिपर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। ३०० घरपरिवारलाई राहत दिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए।नीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य समन्वय गरेर जान जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिए।। 

सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घररूपमा पूर्ण क्षति भएको जानकार दिए । सिञ्जाका सबै वडामा क्षतिको विवरण संकलन गर्न वडाध्यक्षलाई खटिएको उनले जानकारी दिए। 
अविरल वर्षाले धान बालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्यांक संकलन गर्न लगाएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
––– 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.