|

काठमाडौं : डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ।

आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख थियाे।

गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.