|

 धनगढी : बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’

मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन। उनका अनुसार जिप टुक्राटुक्रा भएको छ। अहिले प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.