|

धनगढी : बझाङमा जीप दुर्घटना भएको छ। बुधबार दिउँसो जिल्लाको मष्टाको चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो।

सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेको जिल्ला अस्ताल बझाङमा उपचार भइरहेको छ।

घाइते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, गाडीचालक ३५ वर्षीय राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, सोही वडा २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा-१ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिश ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.