|

कपिलवस्तु : बाणगंगा नगरपालिका–३ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।

सिउटी भन्ने स्थानमा शुक्रबार साँझ ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नम्बर तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन्। 

बुटवलमा उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन्। कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.