|

काठमाडाैं : हरेक वर्ष तिहारसम्बन्धी दर्जनौँ  गीत सार्वजनिक हुन्छन्। तीमध्ये अधिकांश गीत अर्को वर्ष दोहोर्‍याएर सुुनिँदैन। तर, केही यस्ता गीत छ जो तिहारको पर्यायवाची जस्तै बनेका छन्। केही यस्ता गीत छन्, जुन गीत बजेपछि तिहार आएको महशुस हुन्छ। 

तिहारै आयो लौ झिलीमिली...
यादव खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको तिहारै आयो लौ झिलीमिली​... तिहारको पर्यायवाची बनेको गीत हो। शम्भु प्रधानको निर्देशनमा बनेको फिल्म स्वर्गमा रहको यो गीत तिहार नजिकिँदै गर्दा रेडियो, टेलिभिजन सबैभन्दा बढी बज्ने तथा देउसी भैलो खेल्ने टोलीले सर्वाधिक मन पराउने गीत पनि हो। 

निधारमा लर्काएर सप्तरंगी टीका...
फिल्म विजय पराजयको निधारमा लर्काएर सप्तरंगी टीका अर्को सदाबहार तिहार गीत हो। दिनेश अधिकारीको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा हेमलताको स्वर रहेको गीतमा दाजु बहिनीको सम्बन्धलाई दर्शाइएको छ। 

सिमल बारुलै...
तिहारको अर्को विशेष गीत हो, ‘सिमल बारुलै’। अरुण उपत्यका समूहले तयार पारेको गीतमा नवीन खड्का, पुस्तका खड्का, बलराम समाल, अञ्जना गुरुङलगायतको आवाज छ।

झिलिमिली रातमा, साथीभाइ साथमा
लोक–पप फ्युजनममा तयार भएको यो गीत पनि पछिल्लो समयमा निकै रुचाइएको गीत हो। अक्षता अधिकारी र नवाज अन्सारीको आवाजमा रहेको यो देउसीभैलो गीत तिहारको समयमा धेरै गुञ्जिन्छ। गीतमा र्‍याप मिसाइएकाले यसमा नयाँ किसिमको स्वाद पाउन सकिन्छ। नयाँ पुस्ताको रोजाइमा यो गीत पनि परेको देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.