|

काठमाडौं : काठमाडौं महानगरपालिकाले छठ पर्व विशेष सरसफाइ गरिरहेको छ। सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

यससँगै काठमाडौंका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन्। श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाइ गरेको वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। 

‘हिजो हामीले कमलपोखरीबाट ४ ट्रक, टंकेश्वरीबाट २ ट्रक, गुह्येश्वरीबाट ४ ट्रक फोहोर संकलन गर्‍याे,यसका लागि जनशक्ति, साधन र उपकरण प्रयोग गरेका छौँ,’ राईले भनिन,‘टंकेश्वरीमा नदी भित्रको फोहोर निकाल्न डोजर लैजाने प्रयास भइरहेको छ।’ 

उनका अनुसार ब्रतालुहरुले जलाशयमा अर्घ दिन जाँदा फलफुल, मिठाईलगायत प्रसाद लैजाने, जलाशयहरूको सजावटबाट फोहोर निस्कने भएकोले ब्रत सकिए पनि सफाइको काम सकिदैँन।

‘हामी पर्व सकिए पनि सफाईलाई निरन्तरता दिनेछौँ,पोखरी र नदी किनाराबाट मात्र कति फोहोर संकलन भयो भन्न कठिन छ,भर्खर तिहार सकिएकाले यससँग सम्बन्धित फोहोर पनि मिसिएकोले भन्न कठिन भएको हो, फोहोरको परिमाणका विषयमा राईको जवाफ छ,’उनले भनिन्। 

सरसफाईका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरू खटिएका छन्। यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम भइरहेका छन्। वातावरण तथा कृषि विभागले गरेको कामको निरीक्षणका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कमलपोखरीलगायत स्थानमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.