|

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। 

खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। 

यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।

१० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा भारत र इंग्ल्याण्डको खेल हेर्न पाउनेछन्।  अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए। त्यो बेला भारतले सहज जित निकालेको थियो। 

भारत र इंल्याण्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन्।

अहिलेसम्म भारत र इंग्ल्याण्डले एक एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन्। भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए। यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो।

भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.