|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार (भोलि) युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ। नेपालले दोस्रो खेल ३० कात्तिकमा खेल्दा अन्तिम खेल २ मंसिरमा खेल्नेछ।

प्रशिक्षक मनोज प्रभाकरले युएईसँगको सिरिजलाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागिसमेत महत्वपूर्ण हुने बताए।

उनले भने‚ ‘युएई बलियो छ, भर्खरै विश्वकप खेलेर आएको टिमविरुद्ध प्रतिस्पर्धा गर्न पाउनु राम्रो अवसर हो।’ उनले नेपाली टिममा सुधार हुँदै गएको भन्दै युएईविरुद्ध जित्नका लागि मैदानमा उत्रने बताए। 

युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए। उनले नेपालसँग श्रृंखलाका लागि युएई आत्माविश्वासी रहेको बताए। उनले भने‚ ‘आशा छ हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ।’ 

नेपाली टिमका नवनियुक्त कप्तान रोहित पौडेलले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन्।

उनले कप्तानको रुपमा पाएको जिम्मेवारी आफूले अवसरका रुपमा लिएको बताए। उनले भने‚ ‘कप्तानको रुपमा पाएको जिम्मेवारी अवसरका रुपमा लिन चाहन्छु।’ 

उनले नेपाल राम्रो लयमा रहेको दाबी गरे। पौडेलले भने‚ ‘भर्खरै पिएम कप सकिएको छ। सबै खेलाडी लयमा छन् र हामी यो शृंखलाका लागि तयार छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.