|

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जाने भएका छन्।

संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन फुकुवा भएको हो।
जबराले संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्।

गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भएको थियो। जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खाने र संसद् बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदै छन्।

२८ मंसिर २०१४ मा जन्मिएका जबरा अब एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुँदै छन्। जबराविरुद्ध दर्ताको भएको महाअभियोग प्रस्तावका प्रस्तावक नै ४ मंसिरसमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। महाभियोग प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ थिए। तर, उनीहरू अब बस्ने प्रतिनिधिसभामा सहभागी हुने छैनन्।

जबरा सर्वोच्च आउने सूचनासँगै सर्वोच्च आसपासमा सुरक्षा उपस्थिति बढाइएको छ। यसअघि संसद्‌को कार्यकाल सकिएसँगै पनि जबरा बलपूर्वक सर्वोच्च फर्कने कोशिस गरेका थिए। यद्यपि, चौतर्फी दबाब र सरकारकै असहयोगका कारण उनी पछि हटेर सरकारी निवास बालुवाटारमै बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.