|
फाइल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभामा बोल्दै उनले मन्त्रालय र सरकारी निकायबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताएका हुन्।

उनले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय​ र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताए। उनले सरकारले नेपालको आर्थिक विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे।

उनले निजी क्षेत्रले उठाएका माग निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसाबले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराए।

‘हाम्रा सरकारी निकायहरू अन्तरमन्त्रालय, मन्त्रालय विभागको पनि समन्वय हुन सकेका छैन। विभागले गर्ने कामको समन्वय हुन सकेको छैन। आगामी सरकारले ससाना समस्याबाट नेपालको आर्थिक विकासको सहकार्य गर्ने कुरामा प्राथमिकता दिनुपर्छ। निजी क्षेत्रले उठाएको चिज निजी क्षेत्रका लागि मात्रै हो भन्ने गलत प्रचार भइरहेको छ', उनले भने, 'नेपालको अर्थतन्त्र सही हिसाबले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानीमा कम हुनेछ। पर्यटन प्रवर्द्धनका कुरामा समस्या देखिनेछ। निजी क्षेत्रले उठाएका कुराहरूको गलत प्रचार भइरहेको छ। यस्तै अवस्था रहने हो भने देशकै लागि समस्या सिर्जना हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.